दफा १९
संघीय संसद सेवामा नियुक्ति
(१) खुल्ला तथा आन्तरिक प्रतियोगिताद्वारा पूर्ति हुने संघीय संसद सेवाको पदमा लोक सेवा आयोगको सिफारिसमा मात्र नियुक्ति गरिनेछ।
(२) संघीय संसद सेवाको राजपत्राङ्कित पदमा समितिको निर्णयानुसार महासचिवले र राजपत्र अनङ्कित पदमा महासचिवको निर्णयानुसार सचिवालय सचिवले नियुक्ति दिनेछ ।
(३) राजपत्राङ्कित कर्मचारीको नियुक्तिको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।